मंगलबार, असोज ८ गते २०८१    
images
images

साउन ३० देखि दराजमल फेस्ट, ७ हजार रुपैयाँसम्मको छुट भौचर

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ३० २०७९
images
images
साउन ३० देखि दराजमल फेस्ट, ७ हजार रुपैयाँसम्मको छुट भौचर

ब्रान्डेड सामानको खरिदमा विशेष छुट दिने उद्देश्यले यो फेस्ट सपिङ अभियान सञ्चालन गर्न लागिएको दराजले जानकारी दिएको छ। 

images
images

काठमाडौं- अनलाइन सपिङ प्ल्याटफर्म दराजले साउन ३० देखि दराज फेस्ट सञ्चालन गर्ने भएको छ। 

images
images
images

ब्रान्डेड सामानको खरिदमा विशेष छुट दिने उद्देश्यले यो फेस्ट सपिङ अभियान सञ्चालन गर्न लागिएको दराजले जानकारी दिएको छ। 

दराजले सुरु गरेको अनलाइन सपिङ मल दराजमलमा सोनी, सामसङ,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न लगायतका पाँच सय ब्रान्डका सामान रहेका छन्। यस्ता समान विशेष अफरमा उक्त अवसरमा ग्राहकले खरिद गर्नसक्ने छन्। 

यो अवसरमा खरिद गर्दा बैंक अनुसारका कार्डबाट भुक्तानी गर्दा अतिरिक्त छुट पाइने छ। 

images

कम्पनीका अनुसार मंगलबार ग्लोबल आईएमई बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत र अधिकतम  ७५० रुपैयाँसम्मको छुट / डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा  ५०० रुपैयाँसम्मको छुट पाइने छ। 

बिहीबार मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट / डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा  ५०० रुपैयाँसम्म छुट पाइने छ। शुक्रबार नबिल बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत(अधिकतम ५०० रुपैयाँ) छुट पाइने छ भने शनिबार  स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत(अधिकतम ५०० रुपैयाँ) छुट पाइने छ।


प्रकाशित : सोमबार, साउन ३० २०७९०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend