शुक्रबार, चैत १६ गते २०८०    
images
images

मेयर बालेन भन्छन्- फोहरको राजनीति नगरौँ, त्यसले कसैलाई अघि बढाउँदैन

'एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनु पर्ने खेल किन?'

images
images
मेयर बालेन भन्छन्- फोहरको राजनीति नगरौँ, त्यसले कसैलाई अघि बढाउँदैन

'आएका अवरोध हटाउनेवित्तिकै फेरि अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ।'

images
images

काठमाडौं- फोहरको राजनीति नगर्न भन्दै काठमाडौं महानगपालिकाका मेयर बालेन शाहले त्यस्तो राजनीतिले कसैलाई अगाडि नबढाउने बताएका छन्। 

images
images
images

आइतबार कांग्रेस, माओवादी र नेकपा एसका धुनिबेंसी-१ वडा समितिले पार्टी नगरसमितिलाई संयुक्तरुपमा पत्र लेख्दै बन्चरेडाँडामा फोहर मैला दीर्घकालीनरुपमा बन्द गर्न आग्रह गरेसँगै मेयर शाहले फोहरको रासमा झन् कुहिएको खेल खेलेर राजनीतिको नाम नदिन आग्रह गर्दै भनेका छन्- 'राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन, यसमा हेक्का राखौँ।'

images

'हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ। यसका विपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ?' उनले प्रश्न गरे।

images
images

उनले भनेका छन्- 'केही अवरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहर बोक्ने गाडीहरूले बञ्चरे डाँडामा फोहर लैजाने छन्। तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो। यसैले आज ९० वटा फोहरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए।'

काठमाडौं महानगरपालिकाले पूर्ण क्षमतामा फोहर व्यवस्थापनको काम गरिरहेको पनि जनाएको छ। शनिबार फोहर बोकेर १५२ वटा गाडीहरु बञ्चरे डाँडा ल्याण्डफिल साइडमा पुगेका थिए। आजदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहर बोकेका गाडी बञ्चरे पुर्‍याउने योजना बनाइएको थियो। योजनाअनुसार काम गर्न बिहानै अवरोध आइलागेको महानगरले जनाएको छ।

तारेकश्वर नगरपालिका वडा नं. ३ का अध्यक्ष पर्शुराम अर्यालकाअनुसार गए राती अज्ञात समूहले तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहर फाले। पानीको मुहानमा फोहर फालिएको जनाउँदै स्थानीयले बिहान सडक अवरुद्ध गरेका थिए। 

मेयर बालेनले भनेका छन्- 'कसैले फोहर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने। यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो। फोहर बोक्ने गाडीले बाख्रा मारेको भन्ने, यसलाई पनि समाधान गर्यौँ। यी दुई अवरोध हटाउनेवित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ।'

images

प्रकाशित : आइतबार, साउन २९ २०७९०२:१९

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ