काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुन तोलामा ५ सय रुपैयाँ र चाँदी २५ रुपैयाँ बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य एकै दिन प्रतितोला २५ रुपैयाँ बढेको छ। आइतबारका लागि चाँदीको मूल्य १२ सय ५० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।