शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

नेपाललाई दुई बन्दरगाहबाट लाभ लिन बंगलादेशी प्रधानमन्त्रीको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन २८ २०७९
images
images
नेपाललाई दुई बन्दरगाहबाट लाभ लिन बंगलादेशी प्रधानमन्त्रीको आग्रह

उक्त भेटमा हसिनाले क्षेत्रीय उडान सञ्जाल विस्तार गर्नका लागि हाल सहिदपुर क्षेत्रीय विमानस्थल निर्माण भइरहेको र यसबाट पनि नेपालले लाभ लिनसक्ने बताएको दी डेलीस्टारले उल्लेख गरेको छ। 

images
images

काठमाडौं- बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले दुईवटा बन्दरगाहको उपयोगबाट नेपालले लाभ लिनसक्ने बताएकी छन्। 

images
images

नेपालबाट गएको संसदीय समितिको प्रतिनिधि मण्डलसँगको भेटमा हसिनाले नेपालले मोंगलाछत्तोग्राम बन्दरगाह उपयोग गर्नसक्ने बताएकी हुन्। 

images
images

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले अन्तर्राष्ट्रिय व्यापारमा नेपालले बंगाली पोर्टको उपयोगबाट लाभ लिनसक्ने बताएकी हुन्। 

images
images
images

उक्त भेटमा हसिनाले क्षेत्रीय उडान सञ्जाल विस्तार गर्नका लागि हाल सहिदपुर क्षेत्रीय विमानस्थल निर्माण भइरहेको र यसबाट पनि नेपालले लाभ लिनसक्ने बताएको दी डेलीस्टारले उल्लेख गरेको छ। 

नेपालसहितका छिमेकी मुलुकसँगको सम्बन्ध बलियो बनाउन आफ्नो सरकार कटिबद्ध रहेको उक्त भेटमा हसिनाले बताएकी थिइन्।


प्रकाशित : शनिबार, साउन २८ २०७९०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend