शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

रुकुमपूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डिएसपीसहित पाँच घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन २८ २०७९
images
images
रुकुमपूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डिएसपीसहित पाँच घाइते

दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन्। घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ।

images
images

रुकुम- रुकुमपूर्वमा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन्। घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन्।

images
images

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका-११ तल्लो सेरामा दुर्घटनामा परेको हो। गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं-५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए।

images
images

घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ। सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए। रासस

images
images
images


प्रकाशित : शनिबार, साउन २८ २०७९०८:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend