शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

रिसोर्ट र पार्कबाट आम्दानी

images
शुक्रबार, साउन २७ २०७९
images
images
रिसोर्ट र पार्कबाट आम्दानी

बस्नका लागि अत्यन्त सुविधाजनक कोठा रहेको सो रिसोर्टमा राँगाभैँसी, खसीबोका, स्थानीय जातका कुखुरापालन पनि गरिएको छ।

images
images

विराटनगर- आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् एक उद्यमीले। मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण-पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।
 
चार बिघा १० कठ्ठा जग्गा खरिद गरेर सञ्चालनमा ल्याइएको सो रिसोर्ट हेर्न लायकको बनाउने क्रम जारी छ। आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न र यसै पेसा वा व्यवसायबाट आम्दानी गर्ने हेतुले सञ्चालनमा ल्याइएको सो रिसोर्टमा स्वीमिङ पुल, फिस थेरापी, पार्क र विभिन्न परिकारको खाना पाउने सुविधा रहेको रिसोर्टका प्रबन्धक भोजन राईले जानकारी दिए।

images
images

बस्नका लागि अत्यन्त सुविधाजनक कोठा रहेको सो रिसोर्टमा राँगाभैँसी, खसीबोका, स्थानीय जातका कुखुरापालन पनि गरिएको छ।अहिले तत्काल दुई करोड रुपैयाँ खर्च गरेर बनाइएको भौत्तिक संरचनाभित्र चार कठ्ठा जग्गामा विभिन्न प्रजातिका हेलिङसेन्टर पनि निर्माण गरिएको छ। कुरिलो र  गुर्जोको  खेती पनि सुरु गरिएको सो रिसोर्ट स्थानीय व्यक्तिका लागि मनोरञ्जनको केन्द्र बन्ने विश्वास गरिएको छ।

images
images

बेलबारी नगरपालिका-२ स्थित लालभित्तीको सो रिसोर्टमा आउने मानिसले लोहन्द्रा खोलामा कलकल पानी बगेको र चारैतिर हरियाली हेर्न,  चराचुरंगीको आवाज सुन्न तथा शिरानतर्फ चुरे पहाडको दुष्यावलोकन गर्न पाउँदा झन मन आनन्दित हुने विश्वास गरिएको छ।

images
images
images

यसैगरी उद्यमी तामाङले विराटनगर निवासी सञ्जय अग्रवालसँगको साझेदारीमा सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा ओसियन पार्क पनि निर्माण गरेका हुन्। नेपालकै सबैभन्दा ठूलो स्विमिङ पुल रहेको सो पार्कमा, वाटर पार्क, होटल, लज, हेल्थ क्लबजस्ता सुविधा रहेको उहाँले जानकारी दिए। 

एघार वर्ष अघि २१ करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको सो पार्कको क्षेत्रफल तीन बिघा छ। प्रवेश शुल्क निःशुल्क रहेको पार्कमा चाडपर्व र बिदाको दिन अत्यधिक भीड लाग्ने गरेको छ। कारोनाकालमा केही मन्दी आए पनि हाल पार्कले आम्दानी दिन थालेकोमा उद्यमी तामाङले खुसी व्यक्त गरे। यी दुबै पार्कमा दर्जनौँ मानिसले नियमीत रोजगारी पनि पाएका छन्। रासस


प्रकाशित : शुक्रबार, साउन २७ २०७९१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend