शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

युवा उद्यमशीलताको विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २७ २०७९
images
images
युवा उद्यमशीलताको विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए।  

images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

images
images

अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए।  

images
images

विभिन्न पुस्तामा रहेका सीप तथा क्षमता युवालाई हस्तान्तरण गरी नयाँपुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उनले मुलुकका सबै जाति समुदायलाई एकापसमा एकताबद्ध बनाएर शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण गर्न युवा दिवसले प्ररेणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

images
images
images

राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मुलुकमा भएका विभिन्न आन्दोलनबाट प्राप्त भएको राजनीतिक परिवर्तनका कारण अब युवाले आन्दोलन गर्नुनपर्ने बताउँदै उनीहरुलाई उद्यमशील बनाउन सकेमा देश विकास हुने धारणा राखे। 

राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर चौधरी, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, विभिन्न मुलुकका प्रतिनिधिले युवा वर्गलाई उद्यमशील तथा सिर्जनशील बनाउन सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। दिवसका अवसरमा भृकुटीमण्डप आसपास क्षेत्रमा प्रभातफेरी गरिएको थियो। रासस


प्रकाशित : शुक्रबार, साउन २७ २०७९०९:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend