शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

सर्लाहीमा दुई हजार नयाँ उद्योग

images
शुक्रबार, साउन २७ २०७९
images
images
सर्लाहीमा दुई हजार नयाँ उद्योग

सेवातर्फ चार सय ३० र उत्पादनतर्फ एक सय ८९ उद्योग दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताए। 

images
images

सर्लाही- घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन्। ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका हुन्।

images
images

आव २०७८/७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख  जीतेन्द्रकिशोर गुप्ताले जानकारी दिए। उनका अनुसार आव २०७७/७८ मा एक हजार नौ सय ४३ नयाँ उद्योग दर्ता भएका थिए।

images
images

आव २०७७/७८ मा आव २०७८/७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ उद्योग दर्ता भएका थिए। सेवातर्फ चार सय ३० र उत्पादनतर्फ एक सय ८९ उद्योग दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताए। 

images
images
images

आव २०७८/७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट दुई करोड ९१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। जिल्लामा आव २०७८/७९ मा पाँच हजार चार सय ३० पुरुष र ३६ हजार ५० महिलाले रोजगारी पाएका कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २७ २०७९०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend