काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढ्दा चाँदी भने स्थिर रहेको छ।
बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँ बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। बिहीबार १२ सय २५ रुपौयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि पनि त्यतिनै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।