शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

रुग्ण सरकारी उद्योग चलाउन उद्योगमन्त्रीले खोजे निजी क्षेत्रको साथ 

images
बिहीबार , साउन २६ २०७९
images
images
रुग्ण सरकारी उद्योग चलाउन उद्योगमन्त्रीले खोजे निजी क्षेत्रको साथ 

विदेशी लगानी आकर्षित गर्नका लागि न्यूनतम सीमा घटाउन लागिएको उनले बताएका छन्।

images
images

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण सरकारी उद्योग फेरि सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

images
images

आर्थिक समृद्धिका लागि सरकार-निजी क्षेत्र सहकार्य कार्यक्रम कार्यान्वयनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै उद्योग सञ्चालनको मोडालिटी तय नभए पनि निजी क्षेत्रको सहयोग चाहिने बताए।

images
images

सरकार आर्थिक विकासका लागि उद्योगधन्दा बढाउनुपर्छ भन्ने मान्यतामा स्पष्ट रहेको र सोहीअनुसार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिएको उनको भनाइ छ।

images
images
images

सरकार आफ्नै स्वामित्वमा रहेका तर रुग्ण उद्योग सञ्चालनमा ल्याउन तयारीमा रहेको उनले जानकारी दिए। रुग्ण उद्योग सञ्चालनमा निजी क्षेत्रको सहयोग आवश्यक भएपनि मोडालिटी बारे तय नभएको उनको भनाइ छ। 

मन्त्री बडूले विदेशी लगानीको थ्रेसहोल्ड घटाउनका लागि भएको घोषणाअनुसार काम भइरहेको बताए।

विदेशी लगानी आकर्षित गर्नका लागि न्यूनतम सीमा घटाउन लागिएको उनले बताएका छन्।


प्रकाशित : बिहीबार , साउन २६ २०७९१४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend