मंगलबार, असोज ८ गते २०८१    
images
images

पथरिया-कान्द्रा सिँचाइ आयोजनाको लागत ४ अर्ब ६१ करोड, कैलालीका पाँच स्थानीय तहमा १७ हजार हेक्टर सिञ्चित हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २६ २०७९
images
images
पथरिया-कान्द्रा सिँचाइ आयोजनाको लागत ४ अर्ब ६१ करोड, कैलालीका पाँच स्थानीय तहमा १७ हजार हेक्टर सिञ्चित हुने 

आयोजनबाट १७ हजार ५ सय ११ हेक्टर जमिन सिञ्चित हुने अनुमान गरिएको छ। आयोजन सम्पन्न भएपछि खेती सघनता १३० प्रतिशतबाट २२६ प्रतिशत पुग्ने अनुमान छ।

images
images

काठमाडौं- कैलालीका पाँच स्थानीय तहमा १७ हजार ५ सय ११ हेक्टर सिँचाइ गर्न नहर निर्माण हुने भएको छ। 

images
images
images

कैलालीका पाँच स्थानी स्थानीय तह लक्षित पथरिया-कान्द्रा नहर ४ अर्ब ६१ करोड १ लाख ९८ हजार रुपैयाँ लागत अनुमान गरिएको छ।

आयोजनबाट १७ हजार ५ सय ११ हेक्टर जमिन सिञ्चित हुने अनुमान गरिएको छ। आयोजन सम्पन्न भएपछि खेती सघनता १३० प्रतिशतबाट २२६ प्रतिशत पुग्ने अनुमान छ।

आयोजनमा प्रति हेक्टर २ लाख ६३ हजार २ सय ७४ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृतिका लागि भन्दै सात दिनको समयसीमा दिएर राय सुझावका लागि सार्वजनिक गरेको छ।

images

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जनस्रोत तथा सिँचाइ विभाग रानीजमरा कुलरिया सिँचाइ आयोजनाको प्रस्तावमा उर्जा, जलस्रोत तथा सिँचाइ मार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा आयोजनबाट कैलाली जिल्लाको ५ स्थानीय तह जनता प्रभावित हुने उल्लेख गरिएको छ।

आयोजनबाट कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको वडा नम्बर ८, घोडाघोडी नगरपालिकाको १, २, ३, ५, ७ र १२ वडा, भजनी नगरपालिकाको १, २, ३, ४, ६, ८,  र ९ नम्बर वडा, जोशीपुरको १ देखि ७ नम्बर वडा र बर्दगोरीयाको १, २, ४,५ र ६ नम्बर वडाका जग्गा सिँचाइ सुविधा पुग्ने रिपोर्टमा उल्लेख छ।

यो आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना भित्र पर्छ।आयोजना क्षेत्र समुन्द्री सतह भन्दा १४० देखि १७६ मिटरमा रहेको छ। मुख्य नगरको सुरुवात लम्कीचुहा नगरपालिकाको  वडा नम्बर ८ बाट सुरु भइ  अन्त्य घोडाघोडी नगरपालिकाको वडा नम्बर २ गएर हुनेछ।

आयोजनको मूल नहरको रुपमा रहेको पथरिया-कान्दा नगर विस्तारको पश्चिम लम्बाइ १२.९५ किलोमिटर रहेको छ। आयोजनामा कुल नगरसहित ४ वटा शाखा नहर रहने रिपोर्टमा उल्लेख छ।

- पथरिया-कान्द्रा नहर विस्तार पश्चिम शाखा नहर-१ को लम्बाइ ३.१० किमि हुनेछ।

-पथरिया-कान्द्रा नहर विस्तार पश्चिम शाखा नहर-२ को लम्बाइ ११.७० किमि हुने छ।

- पथरिया-कान्द्रा नहर विस्तार पश्चिम शाखा नहर-३ (भजनी शाखा नहर) को लम्बाइ ३.४ किमि हुनेछ।

- पथरिया-कान्द्रा नहर विस्तार पश्चिम शाखा नहर-४ को लम्बाइ १५.२० किमि हुनेछ।

यसैगरी पथरिया-कान्द्रा नहर विस्तार दक्षिण अन्तर्गत २ वटा शाखा नहरहरू पर्दछ।

- पथरिया-कान्द्रा नहर विस्तार दक्षिण शाखा नहर-१ को लम्बाइ ८.७५ किमि हुनेछ।

- पथरिया-कान्द्रा नहर विस्तार दक्षिण शाखा नहर-२ को लम्बाइ ८.०८ किमि हुने छ।

 प्रस्तावित आयोजनाको ग्रस कमाण्ड क्षेत्र २८ हजार १ सय ७० हेक्टर र नेट कमाण्ड क्षेत्र १७ हजार ५११ हेक्टर रहेको छ। पथरिया-कान्द्रा विस्तार आयोजनाले १७ हजार ५ सय ११ हेक्टर जग्गा सिञ्चित गरी खेतीको खेतीको सघनता लाई १३० प्रतिशतबाट २२६ प्रतिशत सम्म पुयाउने लक्ष्य राखेको रिपोर्टमा उल्लेख छ।

 


प्रकाशित : बिहीबार , साउन २६ २०७९०६:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend