मंगलबार, असोज ८ गते २०८१    
images
images

धनगढी-अत्तरीया-भिमदत्त सहरी करिडोरका लागि परामर्शदाता छानियो

images
बिहीबार , साउन २६ २०७९
images
images
धनगढी-अत्तरीया-भिमदत्त सहरी करिडोरका लागि परामर्शदाता छानियो

सबै प्रस्तावहरु मध्ये सो कम्पनीको प्रस्ताव आर्थिक तथा प्राविधिक रुपमा अब्बल रहेको विभागले जनाएको छ। 

images
images

काठमाडौं- सहरी विकास तथा भवन निर्माण विभागले सुदूरपश्चिम सहरी करिडोर निर्माणका लागि परामर्शदाता छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विभागले परामर्शदाता छनोटका लागि परेको सूचनाका आधारमा कम्पनी छनोट गरि प्रस्ताव स्वीकृत गर्ने सूचना जारी गरेको छ। 

images
images
images

विभागले गएको फागुन २१ आह्वान गरेको सूचनाअनुसार परेका प्रस्तावहरु मध्येबाट ग्रिड/राजदेवी/आरआइपीइसी जेभीलाई छनोट गरेको हो। सबै प्रस्तावहरु मध्ये सो कम्पनीको प्रस्ताव आर्थिक तथा प्राविधिक रुपमा अब्बल रहेको विभागले जनाएको छ। 

उक्त परामर्श सेवाका लागि छनोट भएको कम्पनीले ६० लाख ५९ हजार (भ्याट बाहेक) रुपैयाँ प्रस्ताव गरेको हो। धनगढी-अत्तरीया-भिमदत्त सहरी करिडोरका लागि छनोट भएको कम्पनीले एकीकृत विकास रणनीतिका लागि परापर्श सेवा उपलब्ध गराउने छ। 


प्रकाशित : बिहीबार , साउन २६ २०७९०३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend