मंगलबार, असोज ८ गते २०८१    
images
images

काठमाडौं-तराई द्रुतमार्ग छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २५ २०७९
images
images
काठमाडौं-तराई द्रुतमार्ग छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री

'देशको दक्षिणी नाका एवं तराईलाई राजधानीसँग छोटो दूरीबाट जोड्ने द्रुतमार्ग निर्माणलाई जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता छ।'

images
images

काठमाडौं- रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं-तराई-मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

images
images
images

रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तराईलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक आयोजनाको काम छिटो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

'सेनाको उच्च कार्यसम्पादन क्षमतालाई मध्यनजर गर्दै काठमाडौं-तराई-मधेस द्रुतमार्ग जस्तो राष्ट्रिय गौरवको योजनासमेत नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने गरी अघि बढाइएको छ', बैठकमा प्रधानमन्त्री देउवाले भने, 'देशको दक्षिणी नाका एवं तराईलाई राजधानीसँग छोटो दूरीबाट जोड्ने द्रुतमार्ग निर्माणलाई जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता छ।'

बैठकमा प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षमा थप प्रगति हासिल गर्ने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन पनि दिए।

images

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले सेनाले वचन दिएअनुसारको काम हुन नसकेको स्मरण गराउँदै द्रुतमार्ग निर्माण सम्पन्न गर्नसके इन्धनमा मात्रै अर्बाैं बचत हुने भएकाले छिटो निर्माण सक्नुपर्ने आवश्यकता औँल्याए। खोकनाको जग्गा प्राप्तिसम्बन्धी विवाद समाधानका लागि आफूले पनि पहल गरिरहेको उनले जानकारी गराए। उनले हुम्लाको सडक महत्वपूर्ण रहेकाले उक्त सडक निर्माणमा पनि ध्यान दिन आग्रह गरे।

उनले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लगायतको कूटनीतिक उपस्थितिलाई बढाउनुपर्ने आवश्यकतामा जोड दिए। उपाध्यक्ष पौडेलले निकुञ्जको सुरक्षाका साथै नागरिकको जीउज्यान रक्षमा विशेष ख्याल गर्न नेपाली सेनासँग आग्रह गरे।

बैठकमा मुख्यसचिव शङ्करदास वैरागीले महत्वपूर्ण आयोजना ढिला नहुने गरी काम गर्नुपर्नेमा जोड दिए। द्रुतमार्ग ठूलो महत्वको परियोजना भएकाले यसबाट मुलुकले धेरै ठूलो आर्थिक लाभ लिन सकिनेतर्फ ध्यानाकर्षण गराउँदै उनले संयन्त्र बनाएरै भए पनि यस्ता योजना सम्पन्न गर्नुपर्ने बताए। खोकनाका विषयमा भने राजनीतिकरूपमा समेत छलफलको आवश्यकता रहेको उनको भनाइ थियो।

बैठकमा रक्षा सचिव किरणराज शर्माले मन्त्रालय र मातहतको एकीकृतरूपमा विश्लेषण गर्दा पूँजीगततर्फ ६१ दशमलव ९७ र भौतिक प्रगति ६५ दशमलव ०५ प्रतिशत हासिल भएको जानकारी दिए। कतिपय कार्यक्रम प्रगति उत्साहजनक भएको भए पनि सुरक्षा प्रणाली तथा उपकरण प्राप्ति, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार निर्माण एवं बङ्करदेखि ब्यारेक कार्यक्रममा अपेक्षित प्रगति हासिल गर्न चुनौती रहेकाले समग्रमा प्रगति कम देखिएको बताए। 

कार्यक्रम कार्यान्वयनका सन्दर्भमा काठमाडौं तराई-मधेस द्रुतमार्ग सडक आयोजनको खोकना इलाकाको जग्गा प्राप्तिसम्बन्धी विवाद समाधान हुन नसकेको, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यक्रम बहुवर्षीय आयोजनाका रूपमा स्वीकृत हुननसकेको, विदेशी मुद्राको सञ्चितिमा परेको चापका कारण हतियार एवं उपकरणका लागि विनियोजित रकम खर्च हुन नसकेकाले अपेक्षित प्रगति हासिल नभएको उनले जानकारी दिए।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले आयोजना समयमै निर्माण सम्पन्न गर्ने कोसिस नेपाली सेनाले जारी राखेको जानकारी दिए। पहुँच मार्गको अभाव, जोखिम क्षेत्र, भौगोलिक वातावरणलगायत विभिन्न कारणले केही समस्या रहेको उनको भनाइ थियो। शर्माले हुम्ला जाने कर्णाली करिडोरमा चट्टान रहेकाले पनि केही चुनौती थपिँदा निर्माण ढिला हुने आशङ्का व्यक्त गरे। बैठकमा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले प्रगति विवरण प्रस्तुत गरेका थिए। रासस


प्रकाशित : बुधबार, साउन २५ २०७९१४:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend