शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

डाडाखेत-राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

images
बुधबार, साउन २५ २०७९
images
images
डाडाखेत-राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

आयोजना प्रमुख रोशन अग्रवालले पहिलो चरणमा ४७ कित्ता जग्गाका धनीलाई मुआब्जा दाबी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए।  

images
images

म्याग्दी- जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ।

images
images

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ। आयोजना प्रमुख रोशन अग्रवालले पहिलो चरणमा ४७ कित्ता जग्गाका धनीलाई मुआब्जा दाबी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए।  

images
images

'७७ मध्ये २० वटा टावर बन्ने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ,' उनले भने, 'थप टावर बन्ने जग्गाको पहिचानसँगै सार्वजनिक जग्गामा वन प्राविधिकसँग संयुक्त नापजाँचको काम पनि सुरु भएको छ।' १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन बनाउन लागिएको हो। 

images
images

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन गरेको छ। रघुगंगा गाउँपालिका-३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिका-१, मालिकाको वडा नं ६ र ७ मा करिब २५ किलोमिटर दुरीको प्रशारण लाइनको टावर निर्माण हुनेछन्। सवस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धि मान्ने गरिन्छ। 

डाडाखेत र राहुघाटमा सवस्टेशन निर्माणसँगै प्रशारण लाइनका टावरका लागि प्रस्तावित जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख अग्रवालले बताए। उनका अनुसार डाडाँखेतको सवस्टेशन निर्माणस्थलमा अधिग्रहण भएको ५१ रोपनी जग्गामा घेराबार र भवन निर्माण भइसकेको छ। 

राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ। सवस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्माउने काम भइरहेको छ। सन २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। 

डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको छ। आयोजनाको ठेक्का अवधि ३० महिनाको छ। म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सवस्टेशन बनाउन लागिएको हो। 

डाडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ। २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सवस्टेशन जीआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए। एसियाली विकास बैंकको ऋणमा प्रशारण लाइन र सवस्टेशन निर्माण गर्न लागिएको हो। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन्। संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन्।

थप दुई वटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन्। सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रर्वद्धक सक्रिय भएका छन्। गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ-म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङ निर्माण थालेको छ। 

धवलागिरि गाउँपालिका-४ मा हाइड्रो इम्पायर प्रालि काठमाडाैंले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ। धवलागिरि गाउँपालिका-४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाको संरचना तयारी सुरु गर्ने तयारी गरेको छ।

अप्पर हाइड्रोपावर प्रालि काठमाडौंले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी-१ जलविद्युत आयोजना निर्माणस्थलमा सडक र विद्युत सुविधा पुर्‍याउने काम भइरहेको छ। रासस


प्रकाशित : बुधबार, साउन २५ २०७९१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend