मंगलबार, असोज ८ गते २०८१    
images
images

कामपाको ४४.२४ प्रतिशत बजेट खर्च

images
बुधबार, साउन २५ २०७९
images
images
कामपाको ४४.२४ प्रतिशत बजेट खर्च

बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपनर्नेमा जोड दिए।

images
images

काठमाडौं- गत आर्थिक वर्षमा काठमाडौं महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ। आज कामपाको आव २०७८/७९  को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो। 

images
images
images

गत आर्थिक वर्षका लागि कामपाले १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।  जसमा  सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ। 

बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपनर्नेमा जोड दिए।  

जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आवका कार्यक्रम सञ्चालन गर्नुपर्ने  धारणा रारेका थिए।   

images

बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतीकरण हुनेछ। गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्यांकनका लागि समीक्षा बैठक आयोजना गरिएको हो। रासस


प्रकाशित : बुधबार, साउन २५ २०७९१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend