मंगलबार, असोज ८ गते २०८१    
images
images

फोहोर व्यवस्थापनको मोडल बुझ्न पोखरा महानगरपालिकाका मेयर आचार्य लागे धरान

images
बुधबार, साउन २५ २०७९
images
images
फोहोर व्यवस्थापनको मोडल बुझ्न पोखरा महानगरपालिकाका मेयर आचार्य लागे धरान

२ महिना भित्रै पोखरा महानगरपालिको पोखरा भरतपोखरीमा व्यवस्थापन हुने उनको भनाइ छ। तर महानगरपालिकाले धरान मोडलमा फोहोरको व्यवस्थापन गर्ने उनले बताए। 

images
images

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि मुख्य बाधक बनेकोे ल्याण्डफिल्ड साइड व्यवस्थापनमा जटिल बन्दै गएपछि पोखरा महानगरपालिकाले धरान उपमहानगरपालिकाको मोडालिटी अपनाउने भएको छ।

images
images
images

विमानस्थल नजिकै रहेको ल्याण्ड फिल्ड साइट नसार्दासम्म विमानस्थल सञ्चालनमा नआउन कठीन भएको छ। ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि पोखरा महानगरले धरान उपमहानगरपालिकाको फोहोर व्यवस्थापन मोडालिटी अपनाउने लागेको हो।

पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले फोहोर व्यवस्थापनमा धरान उपमहानगरपालिकाले अपनाएको मोडालिटीको विषय अध्ययन गर्नकै लागि महानगरका मेयरसहितको प्राविधिक टोली धरान जान लागेको बताए।

‘मेयर सहितको प्राविधिक टोली आज नै धरान जाँदै हुनुहुन्छ,’ भारतीलेभ भने, ‘विमानस्थल सञ्चालनमा लागि अवरोध सिर्जन हुने अहिलेको ल्याण्डफिल्ड साइड २ महिनाभित्रै सार्न धरान मोडालिटी लागु कसरी गर्न सकिन्छ भने विषयमा अध्ययन गर्न टोली सहितन मेयर धरान जानु भएको छ।’ पोखरा महानगरपालिकाले निर्माण सम्पन्न भइ सञ्चालनको तयारी भइरहेको पोखरा विमानस्थल नजिकै रहेको ल्याण्डफिल्ड साइट पोखरा महानगरपालिकाको वडा नम्बर ३३ मा सार्ने निर्णय गरेको समेत उनले बताए।

images

२ महिना भित्रै पोखरा महानगरपालिको पोखरा भरतपोखरीमा व्यवस्थापन हुने उनको भनाइ छ। तर महानगरपालिकाले धरान मोडलमा फोहोरको व्यवस्थापन गर्ने उनले बताए। 

धरान महानगरपालिकाले अहिले कुहिने फोहोरबाट ग्यास तथा मल उत्पादन गरिरहेका छ भने पुन प्रयोग गर्न मिल्ने फोहोरको पनि सोहीअनुसार प्रशोधन गरिरहेको छ। साथै त्यसबाहेकमा फोहोरलाई पनि टोली बस्तीमा कुनै गन्ध नआउने गरी व्यवस्थापन गरिरहेको छ।

फोहोर व्यवस्थापनकै कारण विमानस्थल सञ्चालनमा कुनै ढिलाई हुने नदिने गरी काम भएको भारती बताउँछन्। उनका अनुसार फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले बजेटसमेत विनियोजन गरिसकेको उनको भनाइ छ।

फोहोर व्यवस्थापन गर्ने ठाउँका स्थानीयबाट केही विरोधको स्वर आउने नराम्रो नहुने उनको भनाइ छ। स्थानीयको दबाब तथा विरोधलाई मिलाइ फोहोर भरतपोखरीमा नै व्यवस्थापन हुने उनले बताए। 

यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने जनवरी १ बाट विमानस्थल सञ्चालनमा ल्याउने र अक्टोबरमा विमानस्थलको क्यालिब्रेसन उडान गर्ने निर्णय गर्दै काम गरिरहेको छ।


प्रकाशित : बुधबार, साउन २५ २०७९०९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend