मंगलबार, असोज ८ गते २०८१    
images
images

मनोहरा बढेर बस्ती डुबानमा, स्थानीयको भागाभाग

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २५ २०७९
images
images
मनोहरा बढेर बस्ती डुबानमा, स्थानीयको भागाभाग

'यहाँको अवस्था बिजोग छ, पानी पर्नेबित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नुपर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनुपर्ने आवश्यकता देखियो।' 

images
images

भक्तपुर- गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ।

images
images
images

मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका-१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिनुभएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए।

उनले भने, 'राती १२ बजे बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले सुकुम्वासी बस्ती डुबानमा परेको जानकारी दिएपछि उहाँसहित हाम्रो टोली रातिदेखि नै बस्तीमा पसेर उद्धारमा खटियौँ, दुईवटा डोजर ल्याएर पर्खाल भत्काएर पानी बाहिर पठाउने र बस्तीको बासिन्दाको बिहानसम्म हामी उद्धारमै खटिएका छौँ।'

चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका कासिछ्वाले मध्यराति बस्तीमा ज्यान जोगाउन भागाभाग मच्चिएको बताउँदै कोही अरनिको राजमार्गको सडकमा आइपुगेका र कोही घरको छतमा बसिरहेको पाइएको बताए। राति नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको उहाँले जानकारी दिए।

images

सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, यहाँका कुखुरा र बङ्गुर बगाएको तथा अहिले बिहान खानेकुरासमेत नभएकाले राहतको व्यवस्था गर्नु जरुरी रहेको उनले बताए। बस्तीभित्रका बालबालिका र ज्येष्ठ नागरिक बढी मारमा परेको बताउँदै उनले भने, 'यहाँको अवस्था बिजोग छ, पानी पर्नेबित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नुपर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनुपर्ने आवश्यकता देखियो।' 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मध्यपुरथिमि नगरपालिका-१ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण सङ्कलन कार्य भइरहेको बताए। उनले बस्तीमा लत्ताकपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपाया बगाएको तर मानवीय क्षति भने नभएको बताए।

उनले मनोहरा नदी किनारामा दिव्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बङ्गुरफार्मबाट प्रहरीले पाँस सय हाँस, दुई सय बङ्गुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए। त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० घरटहरामा पानी पसेको जानकारी दिए।

सानोथिमितर्फको मनोहरा नदी किनारमा सिन्धुली कमलामाई नगरपालिका-७ घर भई हाल सानोथिमि दिव्यश्वरी प्लानिङस्थित टहरामा बस्ने पेमा तामाङको टहरामा रहेको २६ बोरा चामलमा क्षति भएको गिरीराज कुखुराका ४५ चल्ला बगाएको जानकारी दिए। सुकुम्वासी बस्तीको क्षतिको विवरण सङ्कलन कार्य प्रहरीले गरिरहेको उनले बताए।

यता चाँगुनारायण नगरपालिका-४ मा मनोहरा खोला निलोपुल नजिक सुनसरी घर भई सोही स्थानमा बङ्गुरफार्म सञ्चालन गरेका हरि राईको बङ्गुरफार्मबाट चार बङ्गुर बगाएको प्रनाउ पाण्डेले जानकारी दिए। चाँगुनारायण-१ दुवाकोट बेँसी मनोहरा खोला किनारका २० घरटहरामा पानी पसेको र एक टहरामा बस्ने चार जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए। बाढी र पहिराको जोखिम बढेकाले सचेत रहन उनले आग्रह गरे। रासस


प्रकाशित : बुधबार, साउन २५ २०७९०३:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend