मंगलबार, असोज ८ गते २०८१    
images
images

सीएनआई रोजगार तथा सीप मेला कात्तिकमा हुने 

images
मंगलबार, साउन २४ २०७९
images
images
सीएनआई रोजगार तथा सीप मेला कात्तिकमा हुने 

सिएनआई रोजगार तथा सीप मेला २०७९ ले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने परिसंघले जनाएको छ।

images
images

काठमाडौं- सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ देखि २० गतेसम्म हुने भएको छ। 

images
images
images

'के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामञ्जस्यता हुन सकिरहेको छैन? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ? भन्ने विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सिएनआई रोजगार तथा सीप मेला २०७९’ आयोजना हुन लागेको हो।

सिएनआई रोजगार तथा सीप मेला २०७९ ले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने परिसंघले जनाएको छ।

यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुने परिसंघले जनाएको छ।   

images

परिसंघका अनुसार सम्भावित उपलब्धी यसप्रकार छन् : 

- बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र  रोजगारदाताबीचको खाडल कम हुने।  

- सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकतामा काम हुने।   

-नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरूको पहिचान हुने।   

मेलाको आकर्षणहरुः 
 
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता

- सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहद छलफल  

- सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती 

- आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क/छलफल गर्न सकिने । 

- तीन दिने मेलामा २०० भन्दा बढी कम्पनीहरु सहभागि हुने हाम्रो अपेक्षा छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा  


प्रकाशित : मंगलबार, साउन २४ २०७९१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend