मंगलबार, असोज ८ गते २०८१    
images
images

गाडी तोडफोडले फोहर व्यवस्थापनमा समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २४ २०७९
images
images
गाडी तोडफोडले फोहर व्यवस्थापनमा समस्या
फाइल तस्बिर

यसअघि पनि ल्याण्डफिल साइटका स्थानीयले पटक पटक अवरोध गर्दै आएपछि कामपा र स्थानीय बीच १८ वुँदे सहमति भएको थियो।

images
images

काठमाडौं- गएराति काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफड भएको छ।

images
images
images

बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौंबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ।

गाडी तोडफड भएसँगै आज काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन काम प्रभावित भएको छ। घटनाको बारेमा जानकारी लिनका लागि स्थानीय र प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेको कामपा वातावरण विभाग प्रमुख सरिता राइले जनाकारी दिए।

तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएको प्रमुख राइले जानकारी दिए।

images

यसअघि पनि ल्याण्डफिल साइटका स्थानीयले पटक पटक अवरोध गर्दै आएपछि कामपा र स्थानीय बीच १८ वुँदे सहमति भएको थियो। सहमति अनुसार चरणवद्ध रुपमा कामपाले काम गरिरहेको पनि राइको भनाई छ। रासस


प्रकाशित : मंगलबार, साउन २४ २०७९०९:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend