मंगलबार, असोज ८ गते २०८१    
images
images

विभेदपूर्ण तलबवृद्धिको प्रस्तावको विरोधमा देशभरका सुब्बा खरिदारद्वारा कार्यालय बहिष्कार 

images
मंगलबार, साउन २४ २०७९
images
images
विभेदपूर्ण तलबवृद्धिको प्रस्तावको विरोधमा देशभरका सुब्बा खरिदारद्वारा कार्यालय बहिष्कार 

देशभरका कर्मचारीले आज काम बहिष्कार गरेका छन्। 

images
images

काठमाडौं- तलब वृद्धिमा विभेद गरेकोभन्दै खरिदार र सुब्बाहरूले विरोध जनाएका छन्। अर्थ मन्त्रालयको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै सोमबार नै पेनडाउन गरेका उनीहरूले आजदेखि काम बहिष्कार गरेका हुन्। देशभरका कर्मचारीले आज काम बहिष्कार गरेका छन्। 

images
images
images

बजेटबाट सरकारले १५ प्रतिशतले तलब बढाउने घोषणा गरेको थियो। उक्त घोषणाअनुसार नयाँ तलबमान निर्धारण गरी यसअघि नै अर्थ मन्त्रालयले स्वीकृतिका लागि मन्त्रीपरिषद्‍मा पठाइसकेको थियो। तर, १५ साउनमा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न भनेपछि अर्थ मन्त्रालयले निजामती कर्मचारीको मात्रै नयाँ तलबमान प्रस्ताव गरेको छ।

अर्थ मन्त्रालयले गरेको प्रस्तावमा राजपत्रांकित तृतीय श्रेणीभन्दा माथिका कर्मचारीको मात्रै तलब बढाइएपछि राजपत्र अनंकित कर्मचारीहरू नायब सुब्बा तथा खरिदाललगायतले तीव्र विरोध गरेका छन्।

मर्यादाक्रम मिलाउने नाममा उच्च तहका कर्मचारीको मात्रै तलब वृद्धि गर्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्। कि बजेटले निर्धारण गरेअनुसार सबैको १५ प्रतिशत मात्रै तलब बढाउनुपर्ने कि चाहिँ आफूहरूको पनि बढाउनुपर्ने उनीहरूको माग छ।

images

 


प्रकाशित : मंगलबार, साउन २४ २०७९०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend