काठमाडौं- मंगलबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ।
सोमबार नेपाली बजारमा छाापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलरबा छापावाल सुन प्रतितोला ६ सय रुपैयाँ बढेर ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि एकै दिन ३५ रुपैयाँ बढेको छ। मंगलरका लागि चाँदी १२ सय ४० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।