मंगलबार, असोज ८ गते २०८१    
images
images

दीगो पूर्वाधार लगानी फोरम आयोजना गर्दै लगानी बोर्ड

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २४ २०७९
images
images
दीगो पूर्वाधार लगानी फोरम आयोजना गर्दै लगानी बोर्ड

हालसम्म उद्योग, व्यवसाय तथा ऊर्जामा मात्र केन्द्रित बोर्डले अबदेखि भने पूर्वाधार केन्द्रित लगानी खोज्नका लागि यो फोरमको आयोजना गर्ने भएको हो। यसअघि लगानी सम्मेलन आयोजना गर्दै आएको बोर्डले अब भने विषयगत सम्मेलन गर्ने भएको छ।

images
images

काठमाडौं- लगानी बोर्डले दीगो पूर्वाधारमा लगानी सम्बन्धी कार्यक्रम गर्ने भएको छ।

images
images
images

भदौ-असोजभित्रै बोर्डले उक्त लगानी फोरम आयोजना गर्ने निर्णय गरेको छ। सोमबार सम्पन्न बोर्डको बैठकले 'सस्टेनेबल इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट फोरम-२०२२' आयोजना गर्ने निर्णय गरेको छ।

पूर्वाधारमा निजी तथा विदेशी लगानी आकर्षित गर्नका लागि बोर्डले यो फोरम आयोजना गर्ने निर्णय गरेको छ। भदौको अन्तिम साता वा असोजको पहिलो साता आयोजना गरिने बोर्डले जानकारी दिएको छ।

हालसम्म उद्योग, व्यवसाय तथा ऊर्जामा मात्र केन्द्रित बोर्डले अबदेखि भने पूर्वाधार केन्द्रित लगानी खोज्नका लागि यो फोरमको आयोजना गर्ने भएको हो। यसअघि लगानी सम्मेलन आयोजना गर्दै आएको बोर्डले अब भने विषयगत सम्मेलन गर्ने भएको छ।

images

लगानीको प्रकृति अनुसार सूचना प्रवाह तथा लगानीकर्तालाई नेपालका बारेमा नियमित जोड्नका लागि निरन्तर रुपमा सम्मेलन तथा समिटको आयोजना गर्ने रणनीति अनुसार बोर्डले यो कार्यक्रम आयोजना गर्ने भएको छ।

 

 

 

 


प्रकाशित : मंगलबार, साउन २४ २०७९०३:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend