मंगलबार, असोज ८ गते २०८१    
images
images

माथिल्लो मर्स्याङ्दी-२ को सर्वेक्षण अनुमति हिमताल हाइड्रोलाई

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २४ २०७९
images
images
माथिल्लो मर्स्याङ्दी-२ को सर्वेक्षण अनुमति हिमताल हाइड्रोलाई

यही कम्पनीले माथिल्लो मर्स्याङ्दी आयोजना पनि पाएको छ। ६ सय मेगावाट क्षमताको आयोजना पाएको कम्पनीले अर्को आयोजनाको सर्वेक्षण अनुमति पनि पाएको हो।

images
images

काठमाडौं- माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति हिमताल हाइड्रोपावर कम्पनी लिमिटेडले पाएको छ।

images
images
images

सोमबार सम्पन्न लगानी बोर्डको ५२ औँ बैठकले उक्त कम्पनीलाई सर्वेक्षण अनुमति दिने निर्णय गरेको हो।

यही कम्पनीले माथिल्लो मर्स्याङ्दी आयोजना पनि पाएको छ। ६ सय मेगावाट क्षमताको आयोजना पाएको कम्पनीले अर्को आयोजनाको सर्वेक्षण अनुमति पनि पाएको हो।

 सोमबार सिंहदरबारमा बसेको बोर्डको बैठकले जलविद्युत आयोजना सम्बन्धी अरु निर्णय पनि गरेको छ। क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसी लिमिटेडसँग गरिने एमओयू स्वीकृत गरेको छ।

images

 ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ।


प्रकाशित : मंगलबार, साउन २४ २०७९०३:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend