मंगलबार, असोज ८ गते २०८१    
images
images

बैतडीमा जडीबुटी निकासीबाट १३ लाख राजश्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २३ २०७९
images
images
बैतडीमा जडीबुटी निकासीबाट १३ लाख राजश्व संकलन

गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै २ लाख २० हजार ६ सय ३० किलो खोटो निकासी भएको थियो।

images
images

बैतडी- बैतडीमा एक वर्षको अवधिमा जडीबुटी संकलनबाट करिब १३ लाख रुपैयाँ राजश्व संकलन भएको छ।

images
images
images

आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५ सय ५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब १३ लाख राजश्व संकलन गरेको हो।

गत आर्थिक बर्षमा सल्लोको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत २ लाख ११ हजार ७ सय ९० गरी १२ लाख ७० हजार ९ सय ८६ राजस्व संकलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए।

गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै २ लाख २० हजार ६ सय ३० किलो खोटो जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ। 

images

जिल्लामा ३७२ वटा सामुदायिक वनबाट सल्लाको खोटो संकलन र जडीबुटीहरु समेत निकासी हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, साउन २३ २०७९०६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend