काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला ५ सय र चाँदी १५ रुपैयाँ घटेको हो।
शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा करोबार भएको थियो। आइतबार तोलामा ५ सय रुपैयँ घटेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँ काय भएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको हो। आइतबारका लागि चाँदीको मूल्य १२ सय ५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।