बुधबार, वैशाख १२ गते २०८१    
images
images

राजपत्रमा एउटा शब्द छुट्दा भन्सार आइपुगेका कारको जाँचपास रोकियो

भन्सार विभाग भन्छ : छिटो समाधान होस् भनेर लागिपरेका छौँ

images
images
images
राजपत्रमा एउटा शब्द छुट्दा भन्सार आइपुगेका कारको जाँचपास रोकियो

बैशाख १३ को निर्णयमा असार ३१ मा केही वस्तु थप गरिएको र त्यसमा पुरानो आयात प्रतिबन्धबारे स्पष्ट रुपमा नलेखिएकाले केही समस्या उत्पन्न भएको उनको भनाइ छ।

images
images

काठमाडौं- सरकारले गत बैशाखदेखि लगाइएको कार आयात प्रतिबन्धलाई भदौ १४ सम्म लम्ब्याउने निर्णय गर्‍यो। असार ३१ गते जारी भएको राजपत्रमा पुरानो प्रतिबन्धलाई निरन्तरता वा प्रतिस्थापन भन्ने स्पष्ट नहुँदा एलसी खुलेर भन्सार बिन्दुमा आइपुगेका कारको जाँचपास रोकिएको हो। 

images
images
images

वीरगञ्ज, भैरहवालगायत भन्सार नाकामा आइपुगेका कार दुई सातादेखि जाँचपास हुन सकेको छैन। सरकारले बैशाखमा लगाएको प्रतिबन्धलाई असारमा पुनः केही वस्तुलाई थप गरेर निरन्तरता दियो। तर त्यसमा उल्लेखित भाषामा अस्पष्टता देखिएकाले भन्सार कार्यालयहरूले विभागलाई पत्राचारमार्फत सोधेको भन्सार विभागका प्रवक्ता पुण्यबिक्रम खड्काले बताएका छन्। 

images

‘पहिलो प्रतिबन्धलाई निरन्तरता दिइएको हो वा त्यसलाई प्रतिस्थापन गरिएको हो भन्ने कुरा वाणिज्य मन्त्रालयले असार ३१ मा जारी गरेको सूचनामा उल्लेख गरिएन,’ खड्काले भने, ‘त्यही स्पष्टताका लागि कार्यालयले विभागलाई सोधेको र विभागले अर्थ मन्त्रालयमार्फत वाणिज्यलाई सोधिसकेको छ। यसबारे एक दुईदिनमै निर्णय हुनसक्छ।’  

images

बैशाख १३ को निर्णयमा असार ३१ मा केही वस्तु थप गरिएको र त्यसमा पुरानो आयात प्रतिबन्धबारे स्पष्ट रुपमा नलेखिएकाले केही समस्या उत्पन्न भएको उनको भनाइ छ। सरकारले बैशाख १३ अघि आयात भएका सवारीको जाँचपासमा समस्या नहुने बताएको छ। त्यसमा केही भाषिक बुझाइमा समस्या भएकाले यसबारे वाणिज्यमार्फत समस्याको छिट्टै समाधान गर्न छलफलसमेत भइसकेको छ। 

images
images

वाणिज्यले निकालेको सूचना अस्पष्ट हुँदा एक हजारभन्दा बढी कार भन्सारमा जाँचपास हुनबाट रोकिएको छ। 

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिने निर्णय गरेको थियो। साउनको अन्तिम शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १० वटा एचएस कोडमा पर्ने वस्तुको आयातमा लगाएको पूर्ण प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको थियो। 

उक्त प्रतिबन्धलाई निरन्तरता दिँदै केही वस्तु थप गरिएको थियो। देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले १३ बैशाखदेखि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सो निर्णयलाई निरन्तरता दिँदै भदौ १३ सम्म पुर्‍याइएको छ। 

सवारीसाधनको आयातको हकमा भने व्यक्तिगत प्रयोगमा आउने पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनको आयातमा रोक लागेको थियो। यसमा बिजुलीबाट चल्ने सवारीसाधन आयातमा रोक लगाइएको थिएन। त्यस्तै बैशाख १३ मा २५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो भने असार ३१ मा परिमार्जन गरिएको प्रतिबन्धमा १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न रोक लगाइएको हो।  

सरकारले पछिल्लो पटक प्रकाशित गरेको प्रतिबन्ध सूचनामा केही भाषिक समस्या देखिएकाले जाँचपास रोकिएको नाडा अटोमोबाइल्स एशोसिएसनका अफ नेपालका पूर्वउपाध्यक्ष तथा केन्द्रीय समितिसदस्य आकाश गोल्छाले बताए। ‘केही भाषिक समस्या देखिएको भन्ने कुरा आएको छ,’ उनले भने, ‘यसबारे एक दुई दिनमै समस्या समाधान हुन्छ भन्ने कुरा आएको छ।’ 

चैत १३ गतेसम्म एलसी खोलिएको सवारीसाधनको हकमा भने उल्लेखित सूचना लागु हुने छैन। सवारी आयात प्रतिबन्धलाई भदौ १३ सम्म पुर्‍याइएकाले नाडाले भदौ ७ गतेदेखि गर्न तय गरेको नाडा अटो शो २०२२ समेत स्थगित गरेको छ। 

images

प्रकाशित : बिहीबार , साउन १९ २०७९०२:३५

प्रतिक्रिया दिनुहोस