मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

फागुनसम्ममा वाणिज्य बैंकले कमाए साढे ४३ अर्ब खुद नाफा, कुन बैंकको कति?

बुधबार, चैत २७ २०८१
फागुनसम्ममा वाणिज्य बैंकले कमाए साढे ४३ अर्ब खुद नाफा, कुन बैंकको कति?

काठमाडौं- चालु आर्थिक वर्षको फागुन समान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेका छन्। माघसम्ममा बैंकहरुले करिब ३६ अर्ब खुद नाफा गरेका थिए।

यस आधारमा हेर्दा वाणिज्य बैंकहरुले ७.५ अर्बले खुद नाफा बढाउन सफल भएका छन्। माघको तुलनामा बैंकहरुको खुद नाफा फागुनमा २०.६० प्रतिशतले बढेको छ। 

यस अवधिसम्ममा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ७८ करोड खुद नाफा गरेको छ। नबिललाई पछ्याइरहेको ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको ८ महिनामा ४ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ।

नेपाल इन्भेष्टमेन्ट मेघा बैंक तेस्रो स्थानमा रहँदै ४ अर्ब ८ करोड खुद नाफा गर्न सफल भएको छ। यस्तै एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ, नेपाल बैंक लिमिटेड २ अर्ब ९८ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ७१ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब ५० करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड रुपैयाँ र प्रभु बैंकले २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेका छन्। 

यस्तै लक्ष्मी सनराइज बैंकले १ अर्ब ९९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७२ करोड रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ६७ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब २४ करोड रुपैयाँ नाफा गरेका छन्।

सोहीअवधिमा सिद्धार्थ बैंकले १ अर्ब २१ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड रुपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेका छन्। 

सबैभन्दा कम खुद नाफा गर्ने वाणिज्य बैंकहरुमा कुमारी बैंकको ९६ करोड ९१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ८१ करोड ९९ लाख रुपैयाँ र कृषि विकास बैंकको ७४ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, चैत २७ २०८१२०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend