सोमबार, असोज ७ गते २०८१    
images
images

बचतकर्ताको पैसा फिर्ता नगरी सञ्चालक फरार भएको गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

images
बिहीबार , साउन १९ २०७९
images
images
बचतकर्ताको पैसा फिर्ता नगरी सञ्चालक फरार भएको गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस

विभागका अनुसार गत मंगलबारसम्म उक्त सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताहरूले १ अर्ब ७५ करोडको मागदाबीसहित विभागमा उजुरी निवेदनहरू दिएका छन्।

images
images

काठमाडौं- सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको छ। 

images
images
images

विभागले बिहीबार विज्ञप्ति जारी गर्दै सहकारी ऐन, २०७४ को दफा १०४ (१) बमोजिम गौतमश्री सहकारीलाई समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको जनाएको हो। 

सदस्यहरूको हित विपरीतका कार्य गरेको, निर्धारित शर्तबमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य, मान्यता एवं सहकारी ऐन, नियम र निर्देशन पालना नगरेको भन्दै विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्न सिफारिस गरेको हो।

सहकारी ऐनअनुसार मन्त्रालयले समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति तथा दायित्व छानबिन गरी बचतकर्ताको रकम फिर्ता गर्ने अधिकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई रहेको छ। 

images

विभागका अनुसार गत मंगलबारसम्म उक्त सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताहरूले १ अर्ब ७५ करोडको मागदाबीसहित विभागमा उजुरी निवेदनहरू दिएका छन्। उजुरी निवेदनहरू दर्ता हुने क्रम जारी रहेको विभागले जनाएको छ। 

काठमाडौं, कुलेश्वरस्थित गौतमश्री सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरू सम्पर्कविहीन छन्। 

उक्त सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरूलाई विभागमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्राचार गरे पनि अहिलेसम्म कोही सम्पर्कमा नआएको विभागले जनाएको छ। 

विभागले सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम र उनकी पत्नी निर्मला खत्री गौतमको नाममा नेपालभर रहेको घरजग्गा रोक्का राख्नका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई गत मंगलबार पत्राचार गरेको जनाएको छ। 

Sahakari.png


प्रकाशित : बिहीबार , साउन १९ २०७९१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend