सोमबार, असोज ७ गते २०८१    
images
images

बाढीले क्षति पुर्‍याएको पुल स्थानीयवासीले गरे मर्मत

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १९ २०७९
images
images
बाढीले क्षति पुर्‍याएको पुल स्थानीयवासीले गरे मर्मत

दैनिक मेला पर्मका लागि ओहोरदोहोर गर्नुपर्ने छुले र निलेगाउँका बासिन्दा पुलको अभावमा वारी पुगेका वारी र पारी पुगेका पारी नै रोकिएका थिए।

images
images

गोरखा- गोरखाको चुमनुव्री गाउँपालिका-७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन्।

images
images
images

गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ जोड्ने छुले खोलामाथिको काठे पुल बगाएपछि गाउँपालिकाको पहलमा जनप्रतिनिधि र स्थानीयवासीले मर्मत गरी सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्। 

‘पुल खोलामा आएको बाढीले बगाएपछि दुई गाउँबीच सम्पर्क नै विच्छेद भएको थियो', उनले भनिन्, 'गाउँपालिकाले आवश्यक समन्वय गरेपछि जनप्रतिनिधि तथा स्थानीयवासीले आवश्यक सामग्री जुटाएर पुनः मर्मत गरेर  सञ्चालनमा ल्याएका हुन्।' 

दैनिक मेला पर्मका लागि ओहोरदोहोर गर्नुपर्ने छुले र निलेगाउँका बासिन्दा पुलको अभावमा वारी पुगेका वारी र पारी पुगेका पारी नै रोकिएका थिए। स्थानीवासीले झण्डै तीन दिनपछि आवाज जावत गर्नसक्ने गरी पुल सञ्चालनमा ल्याएको उपाध्यक्ष गुरुङले जानकारी दिइन्।

images

सडक सञ्जालको पहुँच नपुगेको उक्त गाउँपालिकामा अधिकांश खोलामा काठेपुल निर्माण गरेर आवातजावत गर्नुपर्ने बाध्यता छ। बर्खा लागेसँगै खोलाले काठे पुल बगाउने गरेकाले  हरेक वर्ष यहाँका नागरिकले आउजाउमा हैरानी खेप्दै आउनु परेको थियो। 

ती दुई गाउँमा करिब ६० घर परिवार बसोबास गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , साउन १९ २०७९०९:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend