काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ। बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँ थियो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेर ९६ हजार १ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। बुधबार १२ सय १० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि पनि १२ सय १० रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।