काठमाडौं- नेपालका व्यवसायीले भारतबाट गहुँ र चिनी आयात गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ।
भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको र चिनीका लागि विशेष अनुमति चाहिने व्यवस्था गरेको छ।
भारत सरकारको पछिल्लो व्यवस्था अनुसार नेपालका व्यवसायीले सिधै आयात गर्न नपाउने भएकाले सरकारी तहबाट आयातको व्यवस्थापन गर्नुपर्ने भएकाले आवेदन आव्हान गरिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै गहुँ र चिनी आयात गर्न चाहने व्यवसायीले साउन २८ गते आवेदन दिन आग्रह गरेको छ।
मन्त्रालयको तोकेको ढाँचामा निवेदन दिनुपर्ने र आवश्यक कागजपत्र बुझाउनुपर्ने छ।