सोमबार, असोज ७ गते २०८१    
images
images

मधेस प्रदेशको साइकल खरिदमा भ्रष्टाचार अभियोगमा तत्कालीन सचिवसहित ६ जनाविरुद्ध मुद्दा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १८ २०७९
images
images
मधेस प्रदेशको साइकल खरिदमा भ्रष्टाचार अभियोगमा तत्कालीन सचिवसहित ६ जनाविरुद्ध मुद्दा 

मधेस प्रदेशको मुख्यमन्त्री भए लगत्तै लालबाबुर रावतले बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम सुरु गरेका थिए। 

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन सचिव यामप्रसाद भुसालसहितका ६ जनाविरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ। 

images
images
images

मधेस प्रदेश सरकारको बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम अन्तर्गतको साइकल खरिदमा १० करोड रुपैयाँको भ्रष्टाचार भएको भन्दै अख्तियारले तत्कालीन सचिव यामप्रसाद भुसालसहित ६ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा  दायर गरेको छ। 

बिगो,जरिबाना तथा कैद सजाय माग दाबी गर्दै भुसालसहित जलस्रोत तथा सि‌‌चाई विकास डिभिजन कार्यालय जनकपुरका सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल र साइकल बिक्रेता औमसत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध अभियोगपत्र दायर गरेको हो। 

अख्तयारले शाखा अधिकृत राम स्वार्थ महतो र खरिदार मोहन कुमार दासविरुद्ध जरिबाना तथा कैद सजाय माग गर्दै अभियोग पत्र दायर गरेको छ। 

images

साइकल खरिदको क्रममा सम्झौतामा अम्बिका ब्रान्डको साइकल खरिद गर्ने भनिएपनि ब्रान्ड नखुलेको कमसल गुणस्तरको साइकल स्वीकार गरी सरकारलाई घाटा लगाएको पाइएको अख्तियारले अभियोगमा उल्लेख गरेको छ।

मधेस प्रदेशको मुख्यमन्त्री भए लगत्तै लालबाबुर रावतले बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम सुरु गरेका थिए। 


प्रकाशित : बुधबार, साउन १८ २०७९१४:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend