काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार तोला ३ सय रुपैयाँ घटेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।