शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनमा जिते मुद्दा, डेढ अर्ब फिर्ता पाउने 

images
मंगलबार, साउन १७ २०७९
images
images
बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनमा जिते मुद्दा, डेढ अर्ब फिर्ता पाउने 

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू र हिमालयले काउन्टर ग्यारेन्टी दिएका थिए। 

images
images

काठमाडौं- बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले चीनमा मुद्दा जितेका छन्। 

images
images

काउन्टर ग्यारेन्टी बापतको रकम पाउनुपर्ने दाबी गर्दै दुई बैंकले चिनियाँ अदालतमा दायर गरेको मुद्दा जितेका छन्। योसँगै दुई बैंकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता पाउने भएका छन्।  

images
images

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेका दुई बैंकले फिर्ता पाउनुपर्ने दाबी गरेका थिए। 

images
images
images

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू र हिमालयले काउन्टर ग्यारेन्टी दिएका थिए। 

यो फैसलासँगै बैंक अफ काठमाण्डूले काउन्टर ग्यारेन्टी बापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १०  र १४ लाख ११ हजार ४५३ युरो फिर्ता पाउने  बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए। त्यस्तै हिमालय बैंकले पनि ५५ लाख अमेरिकन डलर फिर्ता पाउने भएको छ। 

 


प्रकाशित : मंगलबार, साउन १७ २०७९१३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend