सोमबार, असोज ७ गते २०८१    
images
images

नारायणीमा पानीको सतह बढ्दै : उच्च सतर्कता अपनाउन आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १७ २०७९
images
images
नारायणीमा पानीको सतह बढ्दै : उच्च सतर्कता अपनाउन आग्रह

आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो। 

images
images

नवलपुर- नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ। नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

images
images
images

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे।

'पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ', उनले भने, 'नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला।' आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो। 

नदीमा मंगलबार बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ। देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ। रासस

images


प्रकाशित : मंगलबार, साउन १७ २०७९०५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend