सोमबार, असोज ७ गते २०८१    
images
images

बुटवलमा निर्माण भइरहेको लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालन गर्ने तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १६ २०७९
images
images
बुटवलमा निर्माण भइरहेको लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालन गर्ने तयारी

माथिल्लो स्टेशनमा सव-इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको छ।

images
images

काठमाडौं- रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ। 

images
images
images

हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताएका हुन्। 

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन्।  

'केवलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मीटर पहँुचमार्गको निर्माण कार्य सम्पन्न भएको छ। तल्लो स्टेशनको सव-इस्टक्चरको निर्माण कार्य करिव सम्पन्न भई सुपर स्टक्चरको कार्य र साईट डेभलपमेन्टको काम अगाडी बढिरहेको छ। नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडी बढिरहेको छ,' उनले भने।

images

साथै, उनले माथिल्लो स्टेशनमा सव-इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको बताए। 

त्यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिरक्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग-सँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको बताएका छन्। 

ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तराष्ट्रिय चेन-होटलसँग आबद्ध गराउन अन्तराष्ट्रिय परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारी समेत गराए।

केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।


प्रकाशित : सोमबार, साउन १६ २०७९०७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend