काठमाडौं- सोमबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको हो।
आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार तोलामा ४ सय रुपैयाँ घटेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको हो। सोमबारका लागि चाँदी मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।