सोमबार, असोज ७ गते २०८१    
images
images

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १६ २०७९
images
images
पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

images
images

भरतपुर- पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै  लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो।

images
images
images

दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए।

गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। रासस


प्रकाशित : सोमबार, साउन १६ २०७९०४:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend