काठमाडौं- साताको पहिलो दिन आइतबार सुन तथा चाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला २ सय र चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।
शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार प्रतितोला २ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।