सोमबार, असोज ७ गते २०८१    
images
images

केपिलासगढी गाउँपालिकाले एसईईका उत्कृष्ट विद्यार्थीलाई एक-एक लाख पुरस्कार दिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन १४ २०७९
images
images
केपिलासगढी गाउँपालिकाले एसईईका उत्कृष्ट विद्यार्थीलाई एक-एक लाख पुरस्कार दिँदै

विसं २०७८ को एसईईमा गाउँपालिकाको सातवटा सामुदायिक विद्यालयबाट दुई सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए।

images
images

खोटाङ- केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईईमा सबैभन्दा बढी अंक ल्याउने गाउँपालिकाभित्रका दुई विद्यार्थीलाई रु एक–एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ। गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट एसईई दिएकामध्येमा सबैभन्दा बढी अंक ल्याउने एक छात्र र एक छात्रालाई गाउँपालिकाले नगद पुरस्कार प्रदान गर्ने भएको हो।

images
images
images

विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसईईमा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका प्रमुख समिर राईले बताए। विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यस्तै एसईई दिएका गाउँपालिकाभरिका गरिब तथा जेहेन्दार दुई छात्र–छात्रालाई गाउँपालिकाले पढाउने भएको छ। उनीहरूका लागि गाउँपालिकाले १८ महिने प्राविधिक शिक्षा अध्ययनको व्यवस्था मिलाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।

एसईईमा सबैभन्दा बढी अंक ल्याउने दुई विद्यार्थी र गरिब तथा जेहेन्दार दुई विद्यार्थी पहिचान गर्ने कामको थालनीसमेत गरिएको गाउँपालिकाले जनाएको छ। उनीहरूलाई आगामी भदौ–२३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सार्वजनिक गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ।

images

विसं २०७८ को एसईईमा गाउँपालिकाको सातवटा सामुदायिक विद्यालयबाट दुई सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए। पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दै गएपछि त्यसलाई रोक्न गाउँपालिकाले विद्यार्थी प्रोत्साहन कार्यक्रम गाउँसभाबाटै पारित गरेर ल्याएको हो। 

गत बैशाख ९ गतेबाट २० गतेसम्म देशभर सञ्चालन भएको एसईई परीक्षाको नतिजा गत साउन ११ गते सार्वजनिक भइसकेको छ। जिल्लाबाट तीन हजार आठ सय नौ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। रासस


प्रकाशित : शनिबार, साउन १४ २०७९११:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend