शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

बुकिङ खुलेको ३० मिनेटमै १ लाखभन्दा बढी स्कर्पियो एन बुक

images
images
बुकिङ खुलेको ३० मिनेटमै १ लाखभन्दा बढी स्कर्पियो एन बुक

अर्को ५ मिनेटको समयमा स्कर्पियो एन ४० हजार वटा बुकिङ भएको हो। महिन्द्राले भारतको आन्तरिक बजारका लागि शनिबार बिहान ११ बजेबाट बुकिङ खुलाएको थियो।

images
images

काठमाडौं- भारतीय सवारी उत्पादन कम्पनी महिन्द्रा एन्ड महिन्द्राले केही समयअघि सार्वजनिक गरेको नयाँ स्कर्पियो एनको बुकिङमा उल्लसपूर्ण सहभागिता देखिएको छ। कम्पनीले भारतीय बजारका लागि खुल्ला गरेको बुकिङमा ३० सेकेन्डमै पहिलो २५ हजार स्कर्पियो एन बुक भएको हो। 

images
images
images

अर्को ५ मिनेटको समयमा स्कर्पियो एन ४० हजार वटा बुकिङ भएको हो। महिन्द्राले भारतको आन्तरिक बजारका लागि शनिबार बिहान ११ बजेबाट बुकिङ खुलाएको थियो। समग्रमा महिन्द्राले ३० मिनेटको समयमा १ लाख वटाभन्दा बढी स्कर्पियो एनको बुकिङ लिन सफल भएको छ। 

images

महिन्द्राले अनलाइन र महिन्द्राको आधिकारिक डिलरबाट बुकिङ लिएको थियो। बुकिङका लागि २१ हजार भारु टोकनका रुपमा तोकिएको हो। पहिला आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ लिएको महिन्द्राले जनाएको छ। स्कर्पियो एन डेलिभरी दिने क्रममा भने पछि लिन चाहने कुरामा छु्ट दिइने कम्पनीको भनाइ छ। 

images

बुक गरेको स्कर्पियो एनको भेरियन्ट, रंगलगायतको परिमार्जनका लागि अगस्ट १५ को मध्यरातीसम्मको समय तोकिएको छ। त्यतिबेलासम्म गाडीको डिटेल नभरेकाहरुले समेत भर्न पाउने छन्। 

images
images

भारतीय कार उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले पहिलो पटक सन् २००२ मा ‘इन्डियन फ्लेवलर’को एसयूभी (स्पोर्टस युटिलिटी भेहिकल) स्पर्कियो सार्वजनिक गरेको थियो। त्यसको ठीक दुई दशकपछि अर्थात २०२२ मा महिन्द्राले नयाँ स्कर्पियो सार्वजनिक गरेको हो। 

स्कर्पियोको डिजाइनका साथै लोगो समेत नयाँ भएर आएको छ। यो कार महिन्द्राले भातर, नेपाल तथा दक्षिण अफ्रिकी बजारमा सोमबार एकै साथ सार्वजनिक गरेको हो। महिन्द्राले स्कर्पियोको नाम पनि स्कर्पियो एन राखेको छ। भरतीय बजारमा यो करको मूल्य ११ लाख ९९ हजारदेखि १८ लाख ९९ हजार भारु तोकेको छ। त्यस्तै डिजेल भर्सनको मूल्य १२ लाख ४९ हजारदेखि १९ लाख ४९ हजार भारुसम्म तोकिएको छ।

स्कर्पियो एनको प्रत्यक्ष प्रतिस्पर्धा हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुनलगायत अन्य ब्रान्डका एसयूभीसँग हुनेछ। पूर्णरुपमा नयाँ प्लेटफर्ममा बनेकाले यो एसयूभीले टोयोटा फर्चुनर, जिप मेरिडियन तथा एमजी ग्लोस्टरजस्ता प्रिमियम एसयूभी खोज्ने उपभोक्तालाई समेत आकर्षित गर्ने दाबी कम्पनीको छ।

महिन्द्राले नयाँ लोगो सार्वजनिक गरेसँगै स्कर्पियो एससहित ३ वटा नयाँ कार सार्वजनिक गरिसकेको छ। भारतीय बजारमा २०२० अगस्ट १५ मा नयाँ थार र २०२१ अक्टोबर ३० मा एक्सयूभी ७०० सार्वजनिक गरेको थियो। नयाँ थार र एक्सयूभी ७०० भने नेपाली बजारमा सार्वजनिक भएको छैन। 

स्कर्पियो एनबाट समेत महिन्द्रा एन्ड महिन्द्राले ठूलै अपेक्षा राखेको छ। त्यसैले यो कार भारत, नेपाल दक्षिण अफ्रिकामा एकैपटक सार्वजनिक गरिएको थियो। नेपाल स्कर्पियोको राम्रो बजार हो। बाटो सुहाउदो, शक्तिशाली र तुलनात्मक रुपमा सस्तो एसयूभी भएकाले स्पर्पियो धेरै नेपालीको रोजाइमा परेको हो।

स्कर्पियो एन नेपालमा सार्वजनिक भएपनि डिजेल÷पेट्रोलबाट चल्ने कारको आयातमा प्रतिबन्ध गलाएका कारण बिक्री गर्ने गरि आयात हुन सकेको छैन। त्यसैले महिन्द्रा प्लासेन्जर सवारीको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटेडले नयाँ स्कर्पियो एनको मूल्य पनि सार्वजनिक गरेको छैन। बैशाखदेखि लगाइएको आयात प्रतिबन्ध लम्ब्याएर भदौसम्म पुर्‍याइएको छ। 

के छ स्कर्पियो एनमा 

अल न्यू स्कर्पियो एनलाई यसको प्रभावशाली उपस्थिति, हेडटर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी-सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ। यसबाहेक आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन र साहसिक क्षमता दिन्छ। 

इटालीको पिनिनफरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र अमेरिकामा रहेको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर (एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित स्कर्पियो एन साँच्चिकै एक वैश्विक उत्पादन भएको दाबी कम्पनीको छ।

नयाँ तेस्रो पिढीको बडी-अन-फ्रेम प्लेटफर्ममा निर्माण गरिएको स्कर्पियो एनले अग्रणी वर्ग संरचनात्मक कठोरता, अफरोड क्षमता र उदाहरणीय अनरोड व्यवहारको यसको उचाइ बढाउने छ। स्कर्पियो एनमा १४९.१४ किलोवाट (२०० पीएस) पावर र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन पेट्रोल इन्जिन रहेको छ। त्यस्तै १२८.६ किलोवाट (१७५ पीएस) पावर र ४०० एनएम टकको एमहक डिजेल इन्जिन रहेको छ। दुवै भर्सनमा म्यानुअल र अटोमेटिक ६ स्पीड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पमा उपलब्ध छ। 

images

प्रकाशित : शनिबार, साउन १४ २०७९०९:३९

प्रतिक्रिया दिनुहोस