काठमाडौं- सरकारले प्लाष्टिकबाट बनेका फूलगुच्छामा रोक लगाएको छ।
वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, भण्डारण र बिक्रीमा प्रतिबन्ध लगाएको हो।
वातावरण संरक्षण ऐनको व्यवस्था अनुसार यस्ता उत्पादनमा प्रतिबन्ध लगाइएको मन्त्रालयले जानकारी दिएको छ।