काठमाडौं- उडानकै क्रममा इन्जिनमा खराबीको संकेत देखिएपछि पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज उडेको ६ मिनेटमै पोखरा अवतरण गरेको छ।
यतीको एटीआर-७२ जहाज उडेको छ मिनेटमै पोखरा अवतरण गरेको थियो। बिहान ८ बजे पोखराबाट उडेको जहाजको इन्जिनमा खराबी रहेको संकेत देखिएको थियो। पाइलटले संकेत पाएपछि जहाज फेरि पोखरा नै फर्काएका थिए।
४५ जना यात्रु सवार उक्त जहाजको प्राविधिक परीक्षण भइरहेको छ।