काठमाडौं- साताको अन्तिम दिनु शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ। बिहीबार पनि सुनको मूल्य तोलमा ८ सय रुपैयाँले वृद्धि भएको थियो।
बिहीबार नेपाल बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।