शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

घुस लिएको अभियोगमा इञ्जिनियरविरुद्ध मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १२ २०७९
images
images
घुस लिएको अभियोगमा इञ्जिनियरविरुद्ध मुद्दा

मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेश गर्दा घुस मागेको पाइएको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनीयर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

images
images

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इञ्जिनीयर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेश गर्दा घुस मागेको पाइएको छ।

images
images

आयोगका अनुसार सुरुमा ५० हजार बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप ३ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको घुस लिएको खुलेको छ। आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। रासस

images
images
images


प्रकाशित : बिहीबार , साउन १२ २०७९१२:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend