काठमाडौं- रासायनिक मल खरिदका लागि भारत-नेपाल सम्झौता भएको छ।
सरकारी तहको सम्झौता अनुसार मल खरिद गर्ने सैद्धान्तिक सम्झौता अनुसार मल खरिदको सम्झौता छ। भारतका तर्फबाट राष्ट्रिय केमिकल फर्टिलाइजर(आरसिएफ) र नेपालका तर्फबाट कृषि सामाग्री कम्पनीबीच उक्त सम्झौता भएको हो।
सम्झौता अनुसार कृषि सामग्री कम्पनीले पाँच वर्षसम्म भारतबाट मल खरिद गर्ने छ। प्रत्येक वर्ष खरिद गर्ने मलको मात्रा सम्झौतामा उल्लेख गरिएको छ।
धान रोपाइ भइसक्दा पनि किसानले मल पाएका छैनन्। कम्पनीले भने बल्ल खरिदको सम्झौता गरेको छ।