सोमबार, असोज ७ गते २०८१    
images
images

वीरगन्ज नाकाबाट हुने निर्यात ५० प्रतिशत वृद्धि

images
बिहीबार , साउन १२ २०७९
images
images
वीरगन्ज नाकाबाट हुने निर्यात ५० प्रतिशत वृद्धि

उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत वस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।

images
images

पर्सा- नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ। 

images
images
images

आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो।

अघिल्लो आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड २८ लाख रुपैयाँभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा गत २६ अर्ब ८१ करोड पाँच लाख रुपैयाँभन्दा बढी अर्थात् ८० अर्ब ४९करोड ३३ लाखभन्दा बढीको सामान निर्यात भएको थियो। अघिल्लोे आवको तुलनामा गत आवमा ४९ दशमलव ९४ प्रतिशत बढी हो।

उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत वस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।

images

उनले अघिल्लो आवको तुलनमा गत आवमा भटमासको प्रशोधित तेल निर्यातमा १३ प्रतिशतले कमी आएको तर सूर्यमुखीको प्रशोधित तेल ५६ प्रतिशत, फलफूलको जुस ४१ प्रतिशत, जमोठ कपडाको निर्यात ४५ प्रतिशतले वृद्धि भएको बताए। भारत तथा तेस्रोमुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सरकारले दिएको अनुदानकोे दायरालाई अझै फराकिएलो बनाए निर्यात प्रवर्द्धनमा मद्दत पुग्ने उद्योगपति व्यवासायीको भनाइ थियो। रासस


प्रकाशित : बिहीबार , साउन १२ २०७९०६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend