सोमबार, असोज ७ गते २०८१    
images
images

बागलुङमा जडीबुटी निकासी घट्दो

images
बिहीबार , साउन १२ २०७९
images
images
बागलुङमा जडीबुटी निकासी घट्दो

कोरोना महामारीअघि ७० हजार किलोभन्दा बढी संकलन तथा निकासी भएका जडीबुटी कोरोना महामारीपछि आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार पाँच किलो मात्रै संकलन भएको थियो।

images
images

बलेवा- प्राकृतिक उत्पादनमा निर्भर रहेको बागलुङमा जडीबुटी निकासी घट्दै गएको छ। अघिल्लो वर्षको तुलनामा जडीबुटी संकलन र निकासी दुवै घटेको हो। कोरोना महामारीअघि फैलाउँदै गएको जडीबुटीको संकलन र निकासी पछिल्लो दुई वर्षमा घटेको पाइएको छ। 

images
images
images

डिभिजन वन कार्यालयको तथ्यांकअनुसार बागलुङबाट विभिन्न १९ प्रजातिका जडीबुटी संकलन र निकासी हुने गरेको छ। कोरोना महामारीअघि ७० हजार किलोभन्दा बढी संकलन तथा निकासी भएका जडीबुटी कोरोना महामारीपछि आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार पाँच किलो मात्रै संकलन भएको थियो। उक्त जडीबुटीबाट डिभिजन वन कार्यालयले चार लाख ८७ हजार दुई सय ९० रुपैयाँ राजस्व संकलन गरेको थियो। 

आव २०७८/७९ मा त्यो सङ्ख्या अझै घटेको छ। बितेको एक वर्षमा ४५ हजार एक सय ५४ किलो मात्रै जडीबुटी संकलन भएको छ। डिभिजन कार्यालयका अनुसार यो अवधिमा चार लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। 'संकलन भएर राजस्व बुझाएका सबै जडीबुटी निकासी नै हुन्छन् भन्ने छैन, तर सरकारी वन र सामुदायिक वनबाट संकलन हुने परिणाम पनि कोरोना महामारीपछि घटेको छ', डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले भने, 'प्राकृतिक उत्पादनमा भर परिएको छ, व्यावसायिक उत्पादन बागलुङमा छैन।' 

बागलुङमा सरकारद्वारा व्यवस्थित गरिएका वन क्षेत्र र सामुदायिक वन क्षेत्रबाट उक्त परिणाममा जडीबुटी संकलन हुने गरेका छन्। यहाँ वन तथा पाखामा पाइने जडीबुटीको कारोवारमा निकै कम जनशक्ति प्रयोगमा आउने गरेका थिए। सर्वसाधारणलाई जडीबुटीको विषयमा जानकारी कम हुनु, उत्पादन बढाउन नसकिनु र प्राकृतिक उत्पादनमा मात्रै भर पर्नुपरेका कारण उत्पादनमै गिरावट आएको अधिकारीले बताए।  

images

'राजस्वको अंक हेर्दा धेरै फरक परेको नदेखिए पनि उत्पादन अंक निकै घटेको छ' अधिकारीले थपे, 'केही जडीबुटीको राजस्व बढी तिर्नुपर्ने भएकाले धेरै फरक नपरेको देखिएको हो।' चोरी बाटोबाट निकासी भएको जडीबुटीको विषयमा भने सम्बन्धित निकाय बेखबर छन्। बागलुङबाट गत आवमा सेतो चिनी नौ हजार पाँच सय किलो, रातो च्याउ नौ सय ९० किलो, सुगन्धावाल एक हजार ३० किलो, पाषणवेद चार हजार चार सय किलो र  ठुलो ओखती एक हजार तीन सय २० किलो निकासी भएको छ। 

त्यस्तै अल्लो, काकोली, चुल्ठे अमिलो, चिराइतो, कालोमुसली, पानी अमला, सिस्नो जरा, सुगन्धकोकिला, सतुवा, बोझो, नागबेली पाउडर, चुत्रो र वन लसुन संकलन तथा निर्यात हुने गरेको सहायक डिभिजन वन अधिकृत मदन कँडेलले बताए। सरकारले बागलुङमा गत आवमा मात्रै जडीबुटी विकास कार्यक्रमका लागि २२ लाख बजेट विनियोजन गरेको थियो।

त्योमध्ये आठ लाख मात्रै खर्च भएको छ। व्यावसायिक जडीबुटी उत्पादनका लागि सर्वसाधारणको चासो कम रहेको, वनमा प्राकृतिक रुपमा पाइने जडीबुटी चोरी निकासी हुने र भइरहेको जडीबुटी अधिक प्रयोगले मासिने गरेका कारण वार्षिक उत्पादन घटेको हो।

बागलुङमा जडीबुटीको भण्डारकै रुपमा रहेको ढोरपाटन शिकार आरक्षलाई प्रयोगमा ल्याउन नसकिएको सरोकारवाला बताउँछन्। यहाँ बर्सेनि संकलन गरेर निकासी गर्न सकिने जडीबुटी खेर गइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले बताए। 'हामीलाई कुनै पनि कानूनी अधिकार दिएको छैन, आरक्षभित्र भएका सबै जडीबुटी संरक्षित छन्', कँडेलले भने, 'हामीले चार पाँचवटा जडीबुटी संकलन र निकासीको प्रबन्ध गर्नुपर्छ भनेका छौँ, तर कानूनी बाटो बन्द छ।'

आरक्ष क्षेत्रका जडीबुटी संकलन र निकासी हुँदा बागलुङमा करोडौँ रुपैयाँ राजस्व भित्र्याउन सकिने सम्भावना छ। आरक्षका अनुसार यार्सागुब्बा, धुपी, जटामसीलगायतका बहुमूल्य जडीबुटी हरेक वर्ष खेर जाने गरेका छन्। रासस


प्रकाशित : बिहीबार , साउन १२ २०७९०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend