काठमाडौं- बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ८ सय र चाँदी ३० रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएकोमा बिहीबार तोलामा ८ सय रुपैयाँ बढेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेको हो। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।