शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

एकवर्षमै भित्रियो ५ अर्ब ३२ करोडको १८ सय ७ वटा विद्युतीय कार

images
सोमबार, साउन ९ २०७९
images
images
एकवर्षमै भित्रियो ५ अर्ब ३२ करोडको १८ सय ७ वटा विद्युतीय कार

कार आयात गर्दा राज्यले १ अर्ब ४३ करोड रुपैयाँ राजस्व उठाएको छ भने सवारी आयातमा ५ अर्ब ३२ करोड ५ लाख ५० हजार रुपैयाँ बाहिरिएको छ।

images
images

काठमाडौं-  गत आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको १ हजार ८ सय ७ वटा विद्युतीय कार नेपाल भित्रिएका छन्।

images
images

सरकारले विद्युतीय सवारी आयातमा कर सहुलियत दिँदै आएको छ। पछिल्लो समय तरलता अभावका कारण राष्ट्र बैंकले इन्धनबाट चल्ने निजी सवारीका लागि प्रवाह हुने कर्जामा कडाइ गरेको छ। 

images
images

नेपाली बजारमा भारत, चीन, कोरिया, अमेरिका, जापान, फ्रान्सलगायत मुलुकबाट विद्युतीय कार आयात हुँदै आएको छ। चीनबाट धेरै ब्रान्डका विद्युतीय कार आयात हुने गरेको छ भने अन्य ब्रान्ड समेत भित्रने क्रममा रहेको छ।

images
images

यी कार आयात गर्दा राज्यले १ अर्ब ४३ करोड रुपैयाँ राजस्व उठाएको हो। गत आर्थिक वर्षमा १०० किलोवाटसम्मका ९ सय ९६ वटा विद्युतीय कार आयात भएको छ। 

त्यसैगरि १ सयदेखि १ सय ५० किलोवाटसम्मका १३ वटा विद्युतीय कार अमेरिकाबाट आयात भएको छ। १५० देखि २ सय किलोवाटसम्म ६ सय ५६ वटा आयात भएको भन्सार विभागले जनाएको छ। यो सेगमेन्टमा ६ सय ५६ वटा कार आयात भएको छ। १ सयदेखि २ सय किलोवाटसम्मका १ सय ३६ वटा कार आयात भएका छन्। 

यसैगरी २ सयदेखि ३ सय किलोवाटसम्मको ४ वटा विद्युतीय कार अमेरिकाबाट आएको छ। साथै ३ सय किलोवाटभन्दा बढी क्षमताका विद्युतीय कार २ वटा आयात भएको छ। 

नेपाली बजारमा अमेरिकी ब्रान्ड टेस्लादेखि युरोपेली ब्रान्ड अउडी, ज्यागुुअर, एमजी, प्युजो, कोरियाली ब्रान्ड हुन्डाई तथा किया, जापानी ब्रान्ड निसान, भारतीय ब्रान्ड टाटा र विभिन्न ब्रान्डका चिनियाँ विद्युतीय कार आयात हुुँदै आइएको छ।

सरकारले चालु आर्थिक वर्षको लागि जेठ १५ मा ल्याएको बजेटबाट १ किलोवाटसम्म पिक मोटर क्षमता भएका विद्युतीय कारमा भन्सार बढाएको छैन। तर उक्त क्षमताभन्दा बढीका विद्युतीय कारमा भन्सार बढाइएको छ भने हटाइएको अन्तःशुल्क पुनः लगाएको छ। 

मोटर पिकपावर १ किलोवाटदेखि २ सयसम्मका कारमा भन्सार सतप्रशित बढाएर ३० प्रतिशत बनाइएको छ। सोही वर्गका लागि ३० प्रतिशत अन्तःशुल्कसमेत लगाइएको छ। यो मोटर पिकपावर क्षमता भएका कारलाई समग्रमा ४५ प्रतिशत कर बढेको छ। 

त्यस्तै मोटर पिकपावर २ सयदेखि ३ सयसमको हकमा भन्सार महसुल ३० बाट बढेर ४५ प्रतिशत कायम छ भने अन्तःशुल्क पनि ४५ प्रतिशत नै लगाइएको छ। ३ सय किलोवाट क्षमताभन्दा माथि मोटर पिकपावरका कारका हकमा भन्सार ६० प्रतिशत भएको छ भने अन्तःशुल्क पनि ६० प्रतिशत नै लगाइएको छ।


प्रकाशित : सोमबार, साउन ९ २०७९०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend